काठमाडौं । मिस युनिभर्स २०२१ मा भाग लिन मिस युनिभर्स नेपाल अनिष्का शर्मा मंगलबार अमेरिका प्रस्थान गरेकी छिन् ।
६९ औं मिस युनिभर्स टाइटलमा भाग लिन उनी त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।मिस युनिभर्सको आउँदो संस्करण मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा आयोजना हुँदैछ ।
सन् २०२१ मा मिस युनिभर्स नेपाल बन्न सफल अन्सिकाले अष्ट्रेलियामा भएको मिस एशिया ओशियानामा प्रथम रनरअप बनि सकेकि छिन्। उनले अष्ट्रेलियबाट भर्चुयल माध्यमबाट मिस युनिभर्स नेपालको प्रतिस्पर्धामा सहभागी भएकी थिईन् ।
उनि फाईनल प्रतिस्पर्धाका लागि छनौट भैसकेपछि नेपालमा आएर अन्य १८ जना युवतीहरुसगैं एउटा पाँचतारे होटलमा आयोजित १० दिने आवासिय तालिममा सहभागी भएकि थिईन् ।
सन २०१८ मा अष्ट्रेलियामा स्तानक तह उत्तिर्ण गरेकि उनले आफ्नै नामबाट फाउण्डेशन खोलेर गरिव छात्रछात्राहरुलाई सहयोग गरिरहेकि छिन् । हाल जुम्लाका १० र झापाका १४ जना बालबालिकाले यो फाउण्डेशन मार्फत पढने अवसर पाईरहेका छन् ।
आफ्नो गृह जिल्ला झापामा बालबालिका छनौट गर्न जाँदा उनिहरुको अवस्था देखेर अझ काम गर्न उत्साहित भएको अन्सिकाले बताएकि छिन् । उनलाई सानै उमेरदेखि मिस युनिभर्समा सहभागी हुने सपना थियो। शिक्षा क्षेत्रमा काम गर्ने बुवाको अनुभवबाट आफूलाई पनि असहायलाई सघाउन पर्छ भन्ने भावना जागेको उनले बताएकि छिन।
भविश्यमा अन्शिका एजुकेशन वेलफेर फाउण्डेशनले अझ व्यापक रुपमा कार्य अघि बढाउने लक्ष्य लिएको उनले जानकारी दिएकी छिन् ।फ्लोरिडामा मिस युनिभर्सको फाईनलमा अन्सिकाको विशेष प्रस्तुति रहने छ। नेपाली डिजाईनरले तयार पारेको राष्ट्रिय पोशाकका साथै रात्री पोशाकमा उनि मन्चमा देखा पर्नेछिन।
यसपाली मिस युनिभर्समा भोटिङका माध्यमबाट पनि टप २१ मा पुग्न सकिने व्यवस्था गरिएको छ जसलाई खल्ती एपको माध्यमबाट नेपाललाई भोटिङ गर्न सकिने छ।
Comments are closed.