Nepal's First Video FM

अन्तत माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन -यस्तो छ पत्रमा !

355

ठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सदस्य छन् ।

सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

You might also like

Comments are closed.