Nepal's First Video FM

बूढानिलकण्ठ बैठक ६ तस्बिरमा हेर्नुहोस्

315

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।

देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् । २७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट साभार तस्बिर

You might also like

Comments are closed.