फाल्गुन २९, नया प्रबिधियुक्त सेवा भित्र्याउने बैंकको रुपमा परिचय बनाएको कुमारी बैंकले हाल संचालनमा रहेको बैंकिंग सिस्टमलाई परिवर्तन गरि अत्याधुनिक सफ्टवेर फिनाकल प्रयोगमा ल्याएको छ । फिनाकल प्रबिधिको पछिल्लो सस्करण (CBS)को प्रयोग गर्ने पहिलो नेपाली बैंक कुमारी बैंक हुन सफल भएको छ ।
अत्याधुनिक बैंकिंग सेवा पुर्याउने उदेस्यका साथ कुमारी बैंकले नयाँ कोर बैंकिंग सफ्टवेर खरिद गर्नका लागि बिश्व प्रख्यात सूचना प्रबिधि कम्पनी इन्फोसिस इंडिया सँग फिनाकल- १०.२.१९ कोर बैंकिंग अत्याधुनिक पछिल्लो सस्करणको सफ्टवेर खरिद गर्न सम्झौता गरेको थियो । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उदेश्यले यस्तो नया प्रबिधि भित्राएको जानकारी गराएको छ । देशमा बैंकिंग क्षेत्रमा नयाँ प्रबिधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराउदै यस बैंकले नेपालमा सबै भन्दा पहिले इन्टरनेट बैंकिंगको सुरुवात गरेको थियो ।
कुमारी बैंकले अत्यन्त छोटो समय अबधीमा फिनाकल प्रबिधिको पछिल्लो सस्करण अत्याधुनिक बैंकिंग सफ्टवेर फिनाकल (Finacle 10.2.19)लाई प्रयोगमा ल्याउन सफल भएको साथै हाल सम्ममा यती छोटो समय भित्र सफलतापुर्बक कार्यान्यन गर्ने पहिलो बैंक पनि कुमारी बैंक भएको छ ।
फिनाकल प्रबिधि संसारभरि चलन चल्तीमा रहेको उच्चस्तरिय बैंकिंग सफ्टवेर मध्ये एक हो । हाल फिनाकल सफ्टवेर बिश्वका ४५ ओटा देशहरुमा प्रयोग भैरहेको छ । नेपालमा आधुनिक प्रबिधियुक्त यस्तो सफ्टवेरको प्रयोग सन् १९९६ देखि सुरु हुदै आएको छ । हाल नेपालमा ११ वटा बैंकहरुले यो सफ्टवेर प्रयोग गरेरहेका छन् ।
हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर सहित ५७ एटिम बाट ग्राहकहरुलाई सेवा प्रधान गर्दै आइरहेको छ ।
Comments are closed.