Nepal's First Video FM

अभिनेता पल शाहको यति ठुलो सहयोग – अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपराेस !! हामी निरन्तर सेवामा खटिरहेका छौ

390

काठमाडौं । यूबा पुस्ताका चर्चित अभिनेता हुन् पल शाह, उनि अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण संगै रु ५ लाख सहयोग गरेका थिए ।

कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।

‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’

विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।

माग्ने बुढा , बिजया लामा ,ज्ञानेन्द्र शाहीले साथीहरुसँग मिलेर सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा

यस्तै पछिल्लो समयका चर्चित हास्य कलाकार मनका धनि केदार प्रसाद घिमिरे (माग्ने बुढा) कलाकार सहित एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।

कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल पर्न थालेका छन् । यस्तोमा सर्वसाधारणको सेवाका लागि भन्दै यो सेव सुरु गरेका हुन् ।

अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायतले मिलेर सो एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।

निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर भएकोलाई राहत मिल्ने उनीहरुले बिश्वास लिएका छन् ।
‘हामीले सुरु गरेको एम्बुलेन्स सेवा सबैका लागि हो’ केदार घिमिरेले भने, ‘हामीले तीनवटा फोन नम्बर सार्वजनिक गरेका छौ ।

त्यसमा फोन गर्नेले जो कोहीले पनि हाम्रो सेवा पाउनेछन् ।’ सो सेवा अहिले उपत्यकामा मात्र रहेको छ । एम्बुलेन्समा नर्स, अक्सिजनलगायत सेवा समेत उपलब्ध हुने बताएका घिमिरेले थपे ‘पीडितले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने सम्मको काम हामी गर्दछौ ।’

साथीहरुसँग १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको घिमिरेको भनाई रहेको छ ।

You might also like

Comments are closed.