Nepal's First Video FM

विश्वमा बिक्री हुँदै छ अन्तरिक्षबाट आएकाे मदिरा , एक बोतलको मुल्य यस्तो छ !

297

एजेन्सी, अन्तरिक्षबाट आएकाे मदिरा अब विश्वमा बिक्री हुने भएको छ । सो मदिराको मूल्य उच्च रहेको छ ।

प्रसिद्ध लिलामीघर क्रिस्टीले मंगलबार फ्रेंच वाईनको एक बोतलको लिलामी गरेको छ जुन एक वर्ष भन्दा पनि धेरै समयसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा राखिएको थियो ।

लिलामीघरको आशा अनुसार मदिराका पारखी यसको खरिदका लागि १० लाख डलरसम्मको मूल्य तिर्न सक्दछन् । अन्तरिक्षमा कृषिको संभावनाको खोजी गरिरहेका अनुसन्धानकर्ताका तर्फबाट सन् २०१९ नोभेम्बरमा मदिराको बोटल आईएसएसमा पठाइएको थियो जसमध्ये “एक द पेट्रस २०००” पनि छ ।

फ्रान्समा यसको स्वाद चाख्ने एक विशेषज्ञका अनुसार १४ महिनापछि विश्वमा फर्किदा साे मदिराको स्वादमा केहि परिवर्तन आएको छ ।

You might also like

Comments are closed.