Nepal's First Video FM

सर्वोच्चका न्यायाधीशद्वारा पराजुलीले तोकेको इजलास ‘बहिस्कार’ ! पढ्नुहोस् किन ?

602

फाल्गुन २९, सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन् ।

न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि उनी नैतिक संकटमा परेका छन् । तर, पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए ।

मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।

सर्वोच्च प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको जानकारी दिएको छ । अनलाइनखबर

You might also like

Comments are closed.