कमल सरगम-काठमान्डौ, लोकप्रिय संचारकर्मी तथा गायक सम्भु कुँवर बैबाहिक जीवनमा बाधिएका छन।लामो समय देखि रेडियो पत्रकारिता र कलाकारितालाई संगै अगाडी बढाउदै हाल स्टुडियो मलाश्रीको प्रबन्ध निर्देशक समेत रहेका कुँवरले गोरखा जिल्ला निवासी बिन्दा बजगाईंसंग बैबाहिक जीवनमा बाधिएका हुन्।
शुभारम्भ डिजिटल म्युजिक प्रालिका संचालक समेत रहेका कुँवरले निर्माण गरेका अधिकंश दोहोरी गीतहरु चर्चामा छन।उनले पछिल्लो समय निर्माण गरेको गीत चिया छानेकोले चर्चा पाए संगै कुँवरलाइ खोज्ने दर्शकको चाप बढेको छ।
उनि डिजिटल मार्केट हुदा निकै चलेका गायक तथा प्रस्तोतकर्ता हुन्। बिन्दा संग शम्भु कुँवरको मागी बिबाह गरेको गायक तथा निर्देशक डिआर सुजनले सिटिजनएफ लाई जानकारी दिनुभयो।
कोरोनाको कारण र निषेधाज्ञाकै बेलामा बिबाह भएको कारण पनि कलाकारहरु बिबाह सम्म नपुगेको सुजनले जानकारी दिए।केहि सिमित कलाकारहरुको बिचमा बिबाह सम्पन्न भएको छ।कुँवरलाइ फेसबुकमा कलाकारहरुले शुभकामना दिने क्रम बढेको छ।
कुँवरलाइ बैबाहिक जीवनको हार्दिक शुभकामना छ।
Comments are closed.