Nepal's First Video FM

रामबहादुर थापा बादलले भने – मेरो जित पक्का छ , एमालेको सबै भोट मलाई आउँछ

330

हेटौंडा । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

साथै राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का र सुनिश्चित भइसकेको बताएका हुन्।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए।

एमालेको एक समुहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा सुनिएको छ नि? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै बादलले भने,’अहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ, यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ, पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो।’

यो पनि ……

‘एमाले–एमाले’ भिडन्तमा – बादल र देवकोटा कस्ले मार्ला बाजी ?

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मेदवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेापल समूहको समर्थन रहेको छ ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।

यसै बीच आगामी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । शुक्रबार बागमती प्रदेशको निर्वाचन आयोग कार्यालयमा नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।

सांसद सुरेन्द्रराज गोसाईको प्रस्तावमा सांसद सिर्जना सैज्युले तामाङको उम्मेदवारीको समर्थन गरेकी छिन् ।

तामाङभन्दा अगाडि कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको गठबन्धनबाट डा. खिमलाल देवकोटा र नेकपा एमाले ओली समूहबाट गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।

You might also like

Comments are closed.