एजेन्सी , अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवार संक्रमित भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र मुस्किल झेलिरहेको जानकारी दिएकी हुन् ।
अभिनेत्रीले सुरुमा सासु, ससुराबाट सुरु भएको संक्रमण पछि सबैपरिवार र घरेलु कामदार समेत संक्रमित भएको उल्लेख गरेकी छिन् ।
उनले डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा बसेको जानकारी दिएकी छिन् । शिल्पाको भने पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
यसै बीच बलिउडमा विवादकी रानी भनेर चिनिन्छिन्, राखी सावन्त । उनी हरेक बिषयमा विवादित बयान दिन्छिन् र चर्चामा आउँछिन् ।
उनै, राखीले हालै मात्र आफूलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छिन् । संचारकर्मीसँगको कुराकानीमा राखीले आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले नछुने तर्क प्रस्तुत गरिन् ।
उनको यो तर्कको यतिबेला सामाजिक संजालमा चर्को आलोचना पनि भैरहेको छ । हालैमात्र, नायक सलमान खान र सोहेल खानको मद्दतले राखीकी आमाको क्यान्सर रोगको उपचार भएको थियो ।
राखीले बलिउड नायिका कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको बिषयमा पनि आफ्नो बयान दिएकी छिन् । उनले, देशमा हिंसा भड्काउने बिषयमा कंगनाले ट्विट गरेको भन्दै यो ट्विटरको कदमलाई सही भनेकी छिन् ।
उनले, देशको बिषयमा कंगनाले दिएको आपत्तीजनक बयान गद्दार काम गर्नु सरह भएको उल्लेख गरेकी छिन् ।
Comments are closed.