काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।
यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।
दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप ५० काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।
२४ घण्टामा दुई हजार नाै सय पाँच जना सङ्क्रमित निकाे भएका छन् । नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।
Comments are closed.