Nepal's First Video FM

उपत्यकामा थप ४१ सय जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमित ३४ हजार नाघे

213

काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन (शुक्रबार) ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्।

शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ हजार ८९ छन्। यस्तै, ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै छिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।

दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप ५० काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।

२४ घण्टामा दुई हजार नाै सय पाँच जना सङ्क्रमित निकाे भएका छन् । नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।

You might also like

Comments are closed.