काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् ।
शुक्रबार साँझ मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा भेट्न प्रचण्ड ६ बजे बुढानिलकण्ठ पुगेका हुन् । उनीहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो ।
देउवा निवास बुढानीलकण्ठ पछिल्ला भेटघाटको केन्द्र बनेको छ । प्रधानमन्त्री ओली पनि विश्वासको मत माग्न देउवा निवास पुगेका थिए।
यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पुगेर देउवासँग छलफल गरेका थिए ।
Comments are closed.