Nepal's First Video FM

अभिनेत्री गौरी मल्लले भाबुक हुदै भनिन् – जापानमा रेष्टुरेण्टको शौचालय सफा गर्ने काम गर्थे

429

काठमाडौ । अभिनेत्री गौरी मल्ल नेपाली फिल्म क्षेत्रको लागि एउटा परियाबाची नाम हो। अभिनय सुन्दरता संगै उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक छ ।

अभिनेत्री गौरी मल्ल केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, नेम फेम सबै छोडेर जापान गएई । समकालीन साथी हरु नेपाल मै र चलचित्र क्षेत्रमा सक्रिय रहेकै बेला उनि जापान गएकी थिइन् ।

गौरी जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गर्थिन्,उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।

उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् । त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो ।

म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।

चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा गरिएको कुरा कानी हेर्नुहोस ।

यस्तै कलाकार दीपकराज गिरी बेला बेलामा आफुलाई मनमा लागेका कुराहरु सामाजी संजालम लेख्ने गरेका छन् मनमै लागेका सब्द लेख्दा पनि उनि कहिले काही बिबादमा तानिने कलाकारमा पर्छन ।

यसै बिच कोभिडसँगको लडाई जारी रहुन्जेलसम्म आफ्नो सामाजिक संजालमा नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गर्दै उनले आफ्नो फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

उनले सामाजिक संजालमा लेख्दै दैनिक रुपमा देखिने तस्वीर र नकारात्मक कुराले कोभिडका बिरामीलाई झनै समस्यामा पारेको र मानिसहरुमा मानसिक रोग बढ्न थालेको भन्दै आफूले नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका हुन् ।

उनको लेख यस्तो छ
आज म लेख्दैछू…
बिषय: “सामाजिक संजाल “
सरकार लाइ २ शब्द कसैले केहि भनोस एकाथरि कार्यकर्ताहरू अरिंगाल झै झम्टिम्छन्!! गालि गलौच मै उत्रिन्छन्!!

अर्को तिर,
गॉउमा भैसी ले राम्रो संग दूध दिएन भने पनि “यो सरकार आए देखि के भो के भो भैसिले दूधै दिन छोड्यो यो सरकार मूर्दाबाद भन्ने खालको सोच छ , सानो कुरा बिग्रयो कि सरकार माथि खनियो!!!
एउटा पक्षले ले अर्को पक्षको खेदो खन्यो, राज्यले केहि दिएन भन्यो बुरूक बुरूक उफ्रियो… अधिकार १००% चाहियो , कर्तव्य ०%
दिनभर घरको काम श्रीमती लाइ गर्न लगायो ,

बेलुका २ क्वाटर धोक्यो , अनि देश कसरी चलाउन पर्छ भनेर स्ट्याटस ठोक्यो …फ़ेसबुकका भित्ताहरू आजकल यस्तै यस्तै नकारात्मक कुराले भरिपूर्ण हुन्छ !
यूटुब तिर झन हरि बिजोक छ,हाम्रो देशको ट्रेन्डिग……
देवरले भाउजू उडायो ट्रेन्डिग
कस्को डिबोर्स भो , को लिभिगं रिलेसन मा छ , हत्या हिंसाका कुरा ,अर्काको निजी भन्दा निजि कुरा सामाजिक संजालमा यत्र तत्र उदेक लाग्दो ढंगले छरिएका हुन्छन !
त्यस्तो सामग्री हेरेपछि , पढेपछि कोभिड संग लडिरहेका बिरामिलाइ सिधै निमोनिया होला भन्ने डर !!!!

म ब्य्ंग्य गर्ने मान्छे , मेरो दालभात त्यसै बाट जोहो हुन्छ !
अरूलाइ ब्यग्य्ं गरेर जानबच्चा पाल्नु पर्ने अलि छुच्चो काम पनि हो
मेरो !! केहि हद सम्म नकारात्मकता मैले पनि फैलाए होला !
आज सारा देश कोभिड संग लडिरहेको छ , जताततै पिडा छ
आस लाग्दा समाचार हम्मेसी सुन्न पाइन्न , सबैलाइ भाइरल हुने चाहना छ , आफ्नो रिस र कुन्ठा पोख्ने थलो भएको छ संजाल !

संक्रमण भएर घर बसेका हरू ले time pass गर्न फ़ेसबुक खोले भने ,शारिरिक रोग त छंदैथ्यो मानसिक रोग पनि थपिने पक्का छ
एक ब्यक्तिले यो नकारात्मकता लाइ परिवर्तन गर्न सक्दैन
न कुनै निकायले यस्लाइ नियमन नै गर्न सक्छ !

अत: जब सम्म कोभिड महामारी संगको हाम्रो लडाइ जारि रहनेछ
तब सम्म म ब्यक्तिगत रूपमा फेसबुकमा यो वा त्यो समूहलाइ घोचपेच ,ब्यंग्य , र नकारात्मक कुराहरू लाइ बन्द गरेर सकारात्मक कुराहरू मात्रै पोष्ट गर्ने प्रण गर्दछू !!

शुभदिन ! शुभ शुक्रवार!! सबैको जय होस !!!

You might also like

Comments are closed.