माघ १३, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले सत्ता हस्तान्तरणमा भइरहेको ढिलाईबारे मुख खोलेका छन् । आफ्ना कारणले नभई संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाई भएको उनको दावी छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधामनन्त्री देउवाले उनले संविधानले व्यवस्था गरेको महिलाको सिट लगायत विषयले सत्ता हस्तान्तरणमा केही समय लागेको बताएका हुन् । देउवाले चाहँदा चाहँदै पनि आफूले सोचे अनुसारको काम गर्न गर्न नसकेको गुनासो गरे ।
निर्वाचन आचार संहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै देउवाले आफूले गरेका राम्रा कामको पनि आलोचना र टिप्पणी गरेको भन्दै आक्रोश समेत पोखे ।
Comments are closed.