Nepal's First Video FM

मेरी बास्सैकी चर्चित कलाकार मास्टरनि ठुलो रोगको सिकारभएपछि मिडियामा,कहिल्यै सुख पाइनन् (भिडियो)

564

काठमाडौँ, केही समयअघि मोडलिङ क्षेत्रमा चर्चित नाम थियो, अनिता बस्नेत। करिब २०० वटा म्युजिक भिडियोमा अभिनय गरेकी अनिता अहिले पनि कलाकारितामा नै सक्रिय छन् तर भूमिका भने फेरिएको छ। मोडलिङमा रुचाइएकी अनिताले अहिले हाँस्यव्यंग्यलाई रोजेकी छन्। उनी सर्वाधिक चर्चामा रहेको हाँस्य टेलिशृंखला ‘मेरी मास्सै’ मा मास्टर्नीको भूमिका निर्वाह गरेकी थिईन ।

ओखलढुंगाको खिजिदेम्बामा जन्मिएकी अनिता २०६८ सालको प्रवेशिका परीक्षा पास गरेर काठमाडौं प्रवेश गरिन्। सानै उमेरदेखि नै मोडलिङमा रुचि भएकै कारणले डान्स कक्षाहरू जान थालिन्। डान्स सिक्दै गर्दा उनलाई प्रमोद ‘सपना जति’ बोलको म्युजिक भिडियोबाट अफर आयो। उनले अफर स्वीकारिन् र उक्त भिडियोमा काम गरिन्। प्रमोदको यस गीतमा काम गरेसँगै उनलाई धेरै म्युजिक भिडियोबाट अफर आए। उनले पनि काम गर्दै गइन्।

उनले काम गरेका धेरै म्युजिक भिडियोहरू हिट पनि भए। उनले करिव २०० म्युजिक भिडियोमा काम गरिसकेकी छन्। नयाँ काम गर्ने सोच्दै गर्दा थुप्रै भिडियोमा अभिनय गरिसकेकी अनितालाई शरीर मोटो भएकाले मोडलिङमा समस्या भइरहेको थियो।

उनीमा केही नयाँ गर्ने सोच पलाइरहेको थियो। यहीँ सोचले दिमागमा ठाउँ लिइरहेको बेला ‘मेरी बास्सै’ बाट उनलाई प्रस्ताव आयो। म्युजिक भिडियोमा काम गरिरहँदा उनी धेरै स्टेज कार्यक्रमहरूमा पुगेकी थिइन्। उक्त कार्यक्रममा जाँदा उनको भेट ‘मेरी बास्सै’का राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सँग भएको थियो। राजु र बल्छीले अनिताको काम हेरेका रहेछन्।

उनीहरूको नजरमा परेकी थिइन्, अनिता। ‘मैले मोडलिङ गरेको, अभिनय गरेको उहाँहरूले देख्नुभएको रहेछ’, विगतलाई सम्झँदै भनिन्, ‘उहाँहरूलाई पनि एउटा नयाँ पात्र चाहिएको रहेछ। अफर गर्नुभयो स्वीकारेँ।’ शरीर मोटी भएर मोडलिङमा समस्या भइरहेको बेला आएको अफर उनले खुसी हुँदै स्वीकारेकी थिइन्। त्यसपछि उनी ‘मेरी बास्सै’की मास्टर्नी बनिन्।

नसोचेको हाँस्य व्यंग्य क्षेत्र अनिताले यसरी हाँस्यव्यंग्य क्षेत्रमा लाग्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। ‘मोडलिङ त मेरो रुचिकै विषय थियो’, उनी भन्छिन्, ‘तर हाँस्यव्यंग्यतिर लाग्छु भन्ने सोचेको पनि थिइनँ।’ उनलाई मोडलिङको जति रस र ज्ञान थियो, त्यति हाँस्य क्षेत्रको थिएन। सुरुमा निकै गाह्रो भयो ।

‘म्युजिक भिडियोमा काम गरिरहेको मलाई सुरुमा हाँस्य क्षेत्रमा काम गर्न निकै गाह्रो भयो’, उनी भन्छिन्, ‘मलाई विश्वास गरेर बोलाइएको छ, त्यो विश्वास अझ जित्नुपर्ने थियो। कलाकारको भीडमा मलाई रोजिएको र मबाट खोजिएको कला मैले दिने कोसिस गरेँ।’ ‘मेरी बास्सै’को मास्टर्नीले दिएको सफलता म्युजिक भिडियोमा उनी जति चर्चित थिइन्, मेरी बास्सैमा आएपछि त्यसको कयौँ गुणा चर्चा उनले पाइन्।

‘पहिले म्युजिक भिडियोमा हुँदा कसैले भेटिहाल्यो भने कहाँ देखेको, कहाँ देखेको जस्तो मात्रै गर्नुहुन्थ्यो’, उनी भन्छिन्, ‘जब मैले मेरी बास्सैका एक-दुईवटा भागमा काम गरेँ, सबैले चिन्न थाल्नुभएको छ।’ अनितालाई अहिले मेरी बास्सैकी मास्टर्नी भनेर चिन्छन्, जुन नाम मेरी बास्सै टिमले नै दिएको थयो। ‘राजु मास्टरको मेडमको भूमिका निर्वाह गर्नुपर्ने थियो’, उनले भनिन्, ‘त्यही भएर मेरो अरू निक नाम छैन।

मास्टर्नी छ। मास्टर्नीले नै चिनिएकी छु।’ परिवारबाट राम्रो साथ र सहयोग पाएकी अनिता अभिनय छाडेर अन्य काम नगर्ने बताउँछिन्। मेरी बास्सैको सफलताले पनि उनलाई काम गर्न ऊर्जा थपिदिएको छ। उनी यसै क्षेत्रमा खुसीसाथ काम गरिरहेको बताउँछिन्। भिडियो हेर्नुहोस ।

You might also like

Comments are closed.