Nepal's First Video FM

दुर्गेश थापा र अनु शाहको अभिनय रहेको ‘मेरो माया चिन्यो’बजारमा

422

नेपाली लोक दोहोरी क्षेत्रको लागि अर्को उत्कृष्ट सृजना बजारमा आएको छ।लोकप्रिय गायक बैकुण्ठ महत र सुमिना लो को सुमधुर आवाजमा सुसजित लोकदोहोरी गीत ‘मेरो माया चिन्यो’बजारमा आएको हो। विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सुबास रेग्मीको उक्त गीत यो बेला बजारमा आएको हो।

बैकुण्ठ महतको शब्द तथा संगीतमा तयार भएको उक्त मौलिक गीत एक प्रेमी प्रेमिकाको बास्तबिक कहानीमा जोडिएको छ भने प्रेमी प्रेमिका बिचको प्रेम कहानीलाई अझ बाहिर ल्याउन खोजिएको छ।सुन्दा सरल लाग्ने उक्त गीतको भित्रि कथा निकै बलियो छ।

गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र अनु शाहले गरेका छन भने निर्देशन काजिश श्रेष्ठले गरेका छन।बिनोद बम को सम्पादनमा तयार भएको उक्त गीत बिन्धयावासिनी म्युजिककै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।गीतमा छायांकन भने राजेश घिमिरेले गरेका छन।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।भिडियो हेरौ :

You might also like

Comments are closed.