Nepal's First Video FM

हामी तत्काल सरकार छोडेर विपक्षमा बस्न तयार छौँ’ : विशाल भट्टराई

283

नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारले ईतिहासमा कसैले गर्न नसकेका राम्रा काम गरेको दाबी गरेका छन् ।

सरकारले गरेका राम्रा कामको बारेमा विरोधीहरुले जहिल्यै पनि विरोध र आलोचना गर्ने गरेको दुःखेसो पोखे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले आफूहरु ठूलो पार्टी भएकै कारण सरकारको नेतृत्व गरेको पनि दाबी गरे ।

उनले एमाले सधैं सत्ताको पछि लागेको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।
उनले भने–‘यो भनेको ईतिहाँसमा देखिएका सबै तथ्यहरुको खण्डनमात्रै होईन, यो ईतिहाँसमाथिको चुनौती हो । यो ईतिहासले यो बताउदैन् ।

ईतिहासमा सबैभन्दा धेरै प्रतिपक्षको कुर्सीमा बसेको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो ।
हामीलाई जनताले भोट दिँदाखेरि त सरकारमा बस्नु एउटा कुरा हो ।

तर, हामीले चाहेर पनि सरकारमा जान खोजेको कहिल्यै पनि छैन । अहिले त सबैभन्दा ठुलो पार्टी त एमाले नै त हो नि । १२१ सिट ल्याएको छ ।

अब एमालेले सरकारमा बस्न नखोजेर कस्ले खोज्छ त ? यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार छौँ । धेरैपटक विपक्षमा बसेर जनताको काम गरेर हामीहरुले फेरि चुनाव जितेका पनि छौँ नि त ।

You might also like

Comments are closed.