Nepal's First Video FM

लोकप्रिय पत्रकार रबि लामिछानेले कोरोनको उपचार निशुल्क गरिदिने:बाहिरियो यस्तो भिडियो

332

काठमाडौँ,लोकप्रिय पत्रकार रबि लामिछानेले अब आम गरिब जनताको लागि निशुल्क उपचार सुबिधा ल्याएका छन।

उनि र जनमैत्री अस्पताल मिलेर अब कोरोनाको उपचार गर्न नसक्नेहरुको लागि सबै खर्च आफ्नै टिमले तिर्ने घोषणा गरेका छन भने सक्नेले पनि कम खर्च तिरे पुग्ने उनको भनाइ छ।

पछिल्लो समय सरकारले उपचार गर्न सक्दैनौ भनेर हात झिके संगै रबि लामिछानेले उक्त अभियान सुरु गरेका हुन्।

उनि सहित गालेक्सी फोर के टिभी टिमनै यो अभियानमा लागेको रबि लामिछानेले आफ्नो सामाजिक संजालमार्फत जानकारी दिएका छन।कुनै पनि समस्या परे सिधा खबर गर्न समेत उनले जानकारी दिएका छन।

उनको फेसबुकमा लेखिए

भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

“कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ।

भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।

प्रतिकृया दिनुहोस्

यसै बीच गएको २४ घण्टामा आठ हजार चार सय १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार तीन सय १५ जनाको पीसीआर विधिमार्फत र नौ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार चार सय १८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

योसहित संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । यसैबीच गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज तीन हजार भन्दा धरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा तीन हजार तीन सय ७० जनाले कोरोना भाइरसलाई जितेका स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । डाक्टरले कोरोना संक्रमण भए पनि नआत्तिएर आत्मबल बलियो बनाउन आग्रह गर्दै आएका छन् । शरीरमा अक्सिजनको मात्रा नाप्ने र कम भएमा अक्सिजन बढाउन घोप्टो परेर सुत्नु पर्ने डाक्टले बताएका छन् ।

अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए घोप्टो परेर सुत्ने गरे अक्सिजन बढाउन सकिन्छ । तर, जटिल अवस्थाका बिरामीलाई भने तुरन्त अस्पताल लैजानु पर्ने डाक्टरको भनाइ छ ।

यसै बीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो।

थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन्।उनले लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।’

सरकारले प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि बस्ने प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नबारे निर्णय लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संक्रमित सांसदको लागि छुट्टै मतदानस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनीहरुलाई संसद भवनभित्रैको एक ठाउँमा व्यवस्थापन गरिने बताइएको छ । प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रममण पुष्टि भइसकेको छ । प्रतिनिधिसभा बैठक वैशाख २७ गते बस्दैछ ।

You might also like

Comments are closed.