Nepal's First Video FM

पशु पति नाथको दर्शन गर्दै हेर्नुहोस , बैशाख २६ गते आइतबारको राशिफल !

327

आजको पञ्चाङ्ग- श्रीशाके १९४३नेपाल सं.११४१वसन्त ऋतु वि.सं.२०७८बैशाख२६ गते आइतबार तद्अनुसार सन् २०२१मे ९ तारिख बैशाख कृष्णपक्ष द्वादशी तिथि उत्तराभाद्रपद नक्षत्र विषकुम्भ योग कौलव करण२/१९पर गर करण आनन्दादिमा धुम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशिल रहनेछ।काठमाण्डौमा सूर्योदय बिहान ५/२१बजेमा भयो र सूर्यास्त साँझ १८/४१बजेमा हुनेछ। रेडक्रस दिवस। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र ९८५१००५८३२।

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -भागदौड व्यस्तता लागिरहनेछ। जोखिममा नपर्नु हितकर रहनेछ।मान गौरव बढ्नेछ।सार्वजनिक स्तरमा सम्मान प्राप्त होला। खर्च बढ्ला।घरपरिवारको साथ मिल्नेछ।मान प्रसिद्धि बढ्लान्।उच्चाधिकारीको साथ मिल्नेछ।मिठो भोजन मिल्नेछ।धनको आवागमन भैरहनेछ।यात्रामा सफलता मिल्नेछ।खेलकुद भ्रमणमा आकर्षण बढ्ला।हास विलासमा पनि रुची बढ्नेछ।सुख-सुविधाको वस्तु र विलासको बस्तु बढ्लान्।विजय मिल्नेछ।ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला।

बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -लाभ वृद्धि हुनेछ।आरोग्यता बढ्ला।मिठो भोजन प्राप्त होला।विजयश्री मिल्नेछ।उन्नति पदोन्नति हुनेछ।अन्न धन बृद्धि होला।यात्रामा सफलता मिल्नेछ।बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला।आशा उत्साह बढ्नेछ। नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ। रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ। घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ। धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ। सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) – राजकाज बन्नेछ।प्रगतिशील रहनुहुनेछ।आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ। उन्नति पदोन्नति हुनेछ। हाकिमको साथ भेट्ने छ। सुखशान्ति ऐश्वर्यमा बृद्धि होला। कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ। दायित्वलाई पूरा गर्नुहुनेछ।मिठो भोजन मिल्नेछ।आरोग्यता बढ्ला।मन अनुकूल कार्य बनेर मनप्रशन्न भइहाल्नेछ। मान पुरस्कार प्राप्त होला।विजयश्री मिल्ने छ।सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट – शुभ र भाग्यबर्द्धक काम बन्नेछ। इष्टमित्रको साथ प्राप्त हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन्।खेलकुद भ्रमणमा रुचि बढ्ला।मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला।योजना र बजेट बनाइ काम गर्नु हीतकर होला।मिठो भोजन मील्नेछ। आनन्दमा वृद्धि होला।आरोग्यतामा ध्यान राख्नु पर्नेछ।यात्रामा सफलता पाउनुहुनेछ। दूरदेशको काम बन्नेछ। मानसम्मान ख्याति फैलिनेछ।सुख शांति बढ्नेछ।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) भागदौड बढ्ला। शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला।ऋण रोग र शत्रुप्रति सचेत रहनु होला। स्वास्थ्यमा लापरबाही नगर्नु हितकर रहनेछ। यात्रामा लापर्वाही नगर्दा हीतकर रहनेछ।अरुको भरमा नबस्नु बेस होला।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) -शुभ र भाग्यवर्द्धक काम बन्नेछन्।रोकिएको काम बन्नुसंगै नयां काम पनि बन्नेछ।मान महत्व बढ्नेछ।जीवन साथिको सहयोग मिल्नेछ।आयस्रोत बढ्ला।लगानी उठला। सुखशान्ति ऐश्वर्य अभिबृद्धि हुनेछ। साझेदारीको कार्य बन्नेछ। आरोग्यता अभिबृद्धि हुनेछ। मीठो भजन पाउनुहुनेछ।आफन्तको सहयोग मिल्नेछ। हाँस विलासमा रुची बढ्नेछ। ख्याती फैलिनेछ।धन सम्पत्ति बढ्नेछ।आशा उत्साह थपिनेछ। यात्रामा सफलता हासिल हुनेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) -मान महत्व बढ्नेछ। गौरव वृद्धि हुनेछ।यात्रा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। रोकिएको कार्य बन्ला। नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ। आफन्तको सहयोग समर्थन मिल्नेछ। रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।शुभ र भाग्यबर्द्धक कार्य बन्ला।मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आरोग्य वृद्धि हुनेछ। मिठो भोजन प्राप्त हुनेछ।प्रेमपथमा प्रगति होला।काममा सफलता पाउनुहुनेछ।सद्कर्म पथमा प्रगति होला।भाग्योदय होला।आफन्तको सहयोग बढ्ला। साथीसित भेटघाट होला। बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ। इस्टमित्रको सहयोग पाउनुहुनेछ।सन्तान सुख बढ्नेछ।आमोद प्रमोदमा रमिरहनु हुनेछ।शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ।धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भागदौड र व्यस्तता बढ्नेछ।अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन। आफ्नै बल बिबेकले कार्य गर्नु बेस रहला। देखिएको समस्याको समाधान गर्नुहुनेछ। शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला।अरुको भरमा बस्नु र बिबादमा पर्नु उचित हुनेछैन।हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला।जोखिमप्रति सचेत रहनु पर्नेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ।साहसिक काम बन्नेछ।मिठो भोजन मिल्नेछ।रसरागमा रुचि बढ्ला।विकासको नयाँ सम्भावना देखा पर्ला। अाशा उत्साह बढ्नेछ। यात्रामा सफलता पाउनुहुनेछ। सुखशान्ति बढ्नेछ। लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ। इष्टमित्रको सहयोग भेट्ने छ। ऐश्वर्य बढ्नेछ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द) -धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ। घरपरिवारको स्थिति अनुकूल रहनेछ। कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ। सभासमारोहमा पुरस्कार पाउनुहुनेछ। आर्थिक पक्ष बलियो बन्ने छ। विजयश्री मिल्ने छ।आरोग्यप्रद काममा सफलता मिल्नेछ।आनन्द बढ्नेछ।सुख शांति बढ्ला।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय शुभ भाग्यवर्धक छ।प्रयासरत काममा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।विकास होला। सुख-सुविधा बढ्नेछ। मन अनुकूलको काम बन्नेछ। मीठो भोजन खान पाउनुहुनेछ। भोगविलासमा आकर्षण बढ्नेछ। ख्याती फैलिनेछ। सुखी र सफल रहनुहुनेछ।रोगबाट छुट्कारा पाउनुहुनेछ।यात्रा होला।सुख सन्तति बढ्ला।

You might also like

Comments are closed.