कपिलवस्तु — कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् ।
कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् ।
अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका छन् ।
सुरक्षाका दृष्टिकोणले भने एक पटक लगाएको पीपीई र मास्क अर्को पटक लगाउन मिल्दैन । तर, अभाव भएकाले जोखिम लिएर लगाउनुपरेको बन्जाडेको भनाइ छ । त्यति मात्र होइन, जिल्लामा ग्लोब्स, फेस सिल्ड र सेनिटाइजरको पनि अभाव छ ।
आजको कान्तिपुर यो समाचार छ !
Comments are closed.