काठमाडौँ, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेका छन् ।
निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले रु ५० हजार सहयोग गरेको हो । उनले मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।
उनले सामाजिक संजाल लेखेकी छिन् हाम्रो टिम नेपालाले संचालन गरिरहेको नि:शुल्क खाना वितरण तथा कोभिड संक्रमितहरुको लागी अक्सिजन ब्यवस्थापन अभियानमा हात्तेमालो गर्न पाउँदा खुशीको अनुभुती मिलिरहेकोछ ।
कोरोना भाइरसका कारण सृजित लकडाउनको अवधीमा ‘कसैले पनि भोकै बस्न नपरोस् र अक्सिजनको कमीका कारण कसैले मृत्यु वरण गर्न नपरोस्’ भन्ने मानविय सोचका साथ संचालित यो अभियानमा जोडिन मौका दिने आदरणीय समाजसेवी ईशा गुरुङ दिज्यु र हाम्रो टिम नेपाल ( Hamro Team Nepak) प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।
“भौतिक दुरी कायम गर्दै आत्मिय दुरीलाई मजबुद बनाऔ , मानविय सहयोगको यो अभियानमा आफ्नो सहभागिता जनाऔ ”
यस्तै यूबा पुस्ताका चर्चित अभिनेता हुन् पल शाह, उनि अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण संगै रु ५ लाख सहयोग गरेका थिए ।
कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।
‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’
विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।
Comments are closed.