Nepal's First Video FM

राजेन्द्र खड्गी र जयकिशन बस्नेत आमने सामने – भन्छन हामि मिल्लने साथी हो, अंगालो हालेर मिले !

407

काठमाडौ । पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपाली सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन।

अभिनेता जयकिशन बस्नेत र द्वन्द निर्देशक राजेन्द्र खड्गी केही दिन यता विवादमा थिए। छुट्टाछुट्टै अन्तरवार्तामा एकअर्कालाई भन्न मिल्ने, नमिल्ने सबै भन्थे। दुबै जना, को भन्दा को कम भनेर वाक युद्ध गरिरहे।

मिडियाले उनिहरुलाई बेचिरहे। केही दिन यताको हट टपिक नै जय र राजेन्द्र बने। नचिन्नेहरुले पनि चिने। बिर्सिएकाहरुले पनि सम्झिए।

यसरी छुट्टाछुट्टै बसेर झगडा गरिरहेका राजेन्द्र र जय जब सँगै भेटिए त्यसपछी दुबैजना भिजेको मुसा झै भए। राजेन्द्रले बारम्बार जयसँग माफी मागे। जय पनि दाइ भन्दै ढोग्न थाले।

एकअर्काको तारिफ गर्न थाले। अच्चम्मै भयो। मुद्धामामला सम्म पुगेको कुरा एकैछिनमा सल्टियो।

You might also like

Comments are closed.