Nepal's First Video FM

नायिका सुहाना थापाको अमेरिकामा जन्मउत्सब हेर्नुहोस तस्बिर !

449

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । तर, नायिका सुहाना थापाले आफ्नो जन्मदिन भने अमेरिकामा सेलिब्रेशन गरेकी छिन् ।

सुहाना आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा केही दिन अगाडि मात्र अमेरिका उडेकी थिइन् । अमेरिका पुगेपछि उनले सुनिल र झरनाको साथमा जन्मदिन मनाएकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि केही महिना अगाडि मात्र सुहाना नेपाल आएकी थिइन् । यो चलचित्रको ३ चरणमा छायांकन गरिएको थियो ।

चलचित्रको छायांकन सकिए पनि कोभिडका कारण भदौ १८ गते यो चलचित्र रिलिज हुन्छ या हुँदैन, पक्का छैन ।

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि दर्शकको मन जितेकी सुहानाको माग चलचित्र क्षेत्रमा उच्च छ । तर, सुहानाले भने तत्काल आफ्नो घरको चलचित्र भन्दा बाहिरको ब्यानरमा काम गर्ने सोच बनाएकी छैनन् ।

आफू आफ्नै घरको चलचित्रबाट निखारिएपछि मात्र बाहिरी ब्यानरको चलचित्रमा काम गर्ने सोच राखेको सुहाना बताउँछिन् ।

You might also like

Comments are closed.