काठमाडौं, । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक निर्णायक वार्ता गराउनको लागि नेताहरुले पहल गरेका छन् ।
अहिले नेता नेपालसँग ओली पक्षधर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेट्दैछन् । दुवै नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर सिंहदरबार पुगेका हुन् ।
विश्वस्त सूत्रका अनुसार नेता नेपालले पनि पार्टी एकता जोगाउनको लागि अन्तिम प्रयत्न गर्ने भन्दै भेटको लागि आफू तयार भएको सन्देश दिएका थिए ।
सुरुमा पौडेल र नेम्वाङले नेता नेपालसँग वार्ता गर्ने र उक्त वार्तामा सहमतिको खाका तयार भए अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने बताएका छन् ।
नेपा पक्षधर सांसदहरु राजीनामाको लागि तयारी अवस्थामा रहेको उनीहरु संसद सचिवालयमा पुगेको पनि बताईएको छ
Comments are closed.