काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहले थप १2 घण्टाको समय दिएको छ ।
पार्टी एक हुनका लागि शनिबार प्रधानमनन्त्री ओलीलाई नेपाल समुहले २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
नेपालल समूहले सहमतिका लागि ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कनु पर्ने अडान राख्दै आएको छ ।
तर शनिबार नेपालले दिएको अल्टिमेटम भित्र पनि प्रधानमनत्री ओली ०७५ जेठ दुईमा फर्कने अवस्थामा नआएपछि थप १३ घण्टाको समय दिएको नेपाल समूहका एक नेताले बताउनु भयो ।
उहाँले सोमबार बिहान ९ बजेसम्मको समय थपिएको बताउनु भयो । प्रधानमन्त्री ओलीे बैशाख २७ अर्थात भोलि संसदमा विश्वासको मत लिँदै हुुनुहुन्छ । तर उहाँलाई आफ्नै पार्टी नेकपा एमालेका पूरै सांसदहरुको साथ छैन । उहाँले नेपाल समुहलाललई आफ्नो पक्षमा ल्याउन अनेक प्रयत्न गरिरहनु भएको छ ।
आइतबार दिउँसो पनि नेता नेपालसँग छलफल गर्न सिंहदरबारमा नेताद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई पठाउनु भएको थियो । तर सो बैठक निष्कर्षविहीन सकिएको थियो ।
Comments are closed.