काठमाडौँ,माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र पत्नी सिता दाहालले ५२ औ वैवाहिक वर्षगाठ मनाएका छन ।
उनीहरुले सामान्य रुपमा आफ्नै निवासमा ५२ औ वैवाहिक वर्षगाठ मनाएका हुन् । छोरी गङ्गा दाहालले सामाजिक संजाल फेसबुकमा तस्विर शेयर गर्दै बुबा आमालाई वर्षगाठको शुभकामना दिएकी छन ।
सार्बजनिक तस्विरमा प्रचण्ड पत्नी सिता दाहाल भने विरामी अवस्था मै देखिन्छिन । उनि केहि वर्ष अगाडी देखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी नामको पार्किन्सन रोगबाट ग्रसित रहदै आएकी छन ।
झलनाथ खनाल कोरोना संक्रमणमुक्त,……
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको खनालले जानकारी दिए ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत् स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयको आरामपछि अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
“करिब एक हप्ता अघि कोभिड–१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ । डाक्टरहरूको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु,“ उनले फेसबुकमा लेखेका छन् ।
उनले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मी र शुभचिन्तकहरु आभार पनि प्रकट गरेका छन् । उनी कोरोना संक्रमण भएपछि थापा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनु अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।
पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।
माधव समूहप्रति आक्रोश
अध्यक्ष ओलीको विज्ञप्तिमा आफू सबैलाई स्पेस दिएर जान तयार रहेको भनिए पनि पेटबोली भने माधव समूहप्रति आक्रोशयुक्त छ । माधव नेपालले आफ्नो राजनीतिक जीवन समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास गरेको ओलीले आरोप लगाएका छन् ।
‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनुहुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भएका छन् ।’ ओलीले भनेका छन्– ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?’
Comments are closed.