काठमाडौं । नेकपा एमाले की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै हुने सम्भावना नभएको बताएकी छिन् ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै भनिन्, ‘आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो ।
हामी जे गर्न गैरहेका छौं, राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं । त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भावुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो ।
पार्टी विघटन भैसकेपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ । त्यो सेटिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको । त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो ।
त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ । उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र संविधान अनि कानूनको धज्जी उडाउने काम गर्नुभयो । अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तरसंघर्ष गर्ने अवस्था रहेन । त्यो रहिनसकेपछि हाम्रा लागि अन्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने ।
त्यो कारणले स्वभावैले स्मृतिका लामा, हामीले गरेका दुःख, यात्रा सम्झना छ । यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि । अझैपनि एउटा अध्यक्षले उदारतापूर्वक स्पेश दिनुपर्छ, आज बिहान ९ बजेसम्म पर्खिएर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं ।’
केपी ओलीको माधव पक्षलाई आग्रह- हतारमा अप्रिय निर्णय नलिनुस्,आउनुस् सँगै बसेर छलफल गरौं
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् ।
एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् ।
ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।
त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।
तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
यसै बीच नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो ।
राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए ।
तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए ।
उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।
Comments are closed.