Nepal's First Video FM

पाँच दिनमै महेश बस्नेत कोरोना संक्रमणमुक्त भए !

266

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत कोरोना संक्रमणबाट पाँच दिन मै मुक्त भएका छन् ।

वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको हो ।

हालसम्म २६ जना प्रतिनिधिसभा सदस्यमा पोजेटिभ देखिएकोमा अब बस्नेत भने संक्रमणमुक्त भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण

गएको २४ घण्टामा आठ हजार चार सय १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार तीन सय १५ जनाको पीसीआर विधिमार्फत र नौ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार चार सय १८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

योसहित संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । यसैबीच गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज तीन हजार भन्दा धरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा तीन हजार तीन सय ७० जनाले कोरोना भाइरसलाई जितेका स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । डाक्टरले कोरोना संक्रमण भए पनि नआत्तिएर आत्मबल बलियो बनाउन आग्रह गर्दै आएका छन् । शरीरमा अक्सिजनको मात्रा नाप्ने र कम भएमा अक्सिजन बढाउन घोप्टो परेर सुत्नु पर्ने डाक्टले बताएका छन् ।

अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए घोप्टो परेर सुत्ने गरे अक्सिजन बढाउन सकिन्छ । तर, जटिल अवस्थाका बिरामीलाई भने तुरन्त अस्पताल लैजानु पर्ने डाक्टरको भनाइ छ ।

यसै बीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो।

थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन्।उनले लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।’

सरकारले प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि बस्ने प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नबारे निर्णय लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संक्रमित सांसदको लागि छुट्टै मतदानस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनीहरुलाई संसद भवनभित्रैको एक ठाउँमा व्यवस्थापन गरिने बताइएको छ । प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रममण पुष्टि भइसकेको छ । प्रतिनिधिसभा बैठक वैशाख २७ गते बस्दैछ ।

You might also like

Comments are closed.