Nepal's First Video FM

कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाल लाई लागि बन्द (हेर्नुहोस तस्बिर)

289

काठमाडौं चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।

कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ

‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’

You might also like

Comments are closed.