Nepal's First Video FM

मेरो कसैसँग पूर्वाग्रह छैन, नभ्याएर फोन नगरेको हो, विश्वासको मत दिनु : प्रधानमन्त्री केपी ओली

431

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग आफ्नो आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो कसैसँग आग्रह पूर्वाग्रह छैन। मैले काममै लागेर तपाईहरू कतिलाई फोन गर्न समेत नभ्याएको हो।’

ओलीले सभामुख अग्नि प्रसाद सापकोटासँग पनि कुनै मनमुटाव नभएको जिकिर गरेका छन्। आफूलाई यहि सदनले प्रधानमन्त्री बनाएको उल्लेख गर्दै ओलीले विगतदेखि अहिलेसम्म सभामुखसँग कुनै पनि प्रकारको पूर्वाग्रह नभएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गरे।

You might also like

Comments are closed.