Nepal's First Video FM

पछिल्लो समय जमेको पल शाह र मलिकाको जोडी , संगै खेलेको सबै गित हिट !

328

काठमाडौँ, नेपाली म्यूजिक भिडियोमा सर्वाधिक चर्चित मानिन्छ, नायक पल शाह र नायिका मलिका महत्तको जोडी । यो जोडीले ३ वटा गीतमा एकसाथ काम गरिसकेका छन् ।

फुलबुट्टे सारी, टाढा भएपनि र आँखैमा आउने सपनी’ बोलको गीतमा पल र मलिकाको जोडीलाई देख्न सकिन्छ ।

यी तिनै गीतको फिमेल भर्सनमा पल र मलिकाको जोडीले अभिनय गरेका छन् । यी तिनै गीतको मेल भर्सनले धमाका मच्चाइसकेका थिए । जसलाई केन्द्र मोसनले फिमेल भर्सन सार्वजनिक गर्यो र पल र मलिकाको जोडीलाई अभिनय गरायो ।

‘फुलबुट्टे सारी र टाढा भएपनि’का फिमेल भर्सनले युटुबमा नयाँ नयाँ रेकर्ड बनाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए पनि । तर, पल र मलिकाले नयाँ गीतमा अभिनय गरेर दर्शकको उल्लेख्य साथ पाउँछन् या पाउँदैनन् यो भने हेर्न बाँकी नै छ ।

‘फुलबुट्टे सारी’लाई मार्मिक लामाले गाइसकेका थिए । यो गीत हिट भएपछि मिलन नेवारको स्वरमा फिमेल भर्सन सार्वजनिक भयो । जसमा पल र मलिकाले अभिनय गरेका थिए ।

यस्तै, ‘टाढा भएपनि’लाई उर्गेन दोङले गाएका थिए । उनको स्वरमा नै यो गीत सुपरहिट भयो । पछि, अस्मिता अधिकारीले यो गीतमा स्वर भरिन् । पल र मलिकाले यो गीतको भिडियोमा काम गरे । सुपरहिट गीत फेरि चल्यो ।

अब फ्रेस गीतमा यो जोडीलाई दर्शकले कती रुचाउने हुन्, यो भने हेर्न बाँकी नै छ ।

You might also like

Comments are closed.