Nepal's First Video FM

बहुमतको सरकार गठन गर्न दलहरूलाई राष्ट्रपति आह्वान

524

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

संसदमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।

संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको हो ।

त्यसोत, तीन दलले सोमबार नै राष्ट्रपति भण्डारीसमक्ष बहुमत सरकार गठनका लागि संविधानको सोही धारा अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

You might also like

Comments are closed.