Nepal's First Video FM

चीनबाट यतिधेरै स्वास्थ्य सामाग्री लिएर आउदै ! सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुग्यो

चीनले हस्तान्तरण गरेको सहयोग सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगे

204

काठमाडौं कोभिड-१९ विरुद्धको लडाईंका लागि चीनले नेपाललाई थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

बेइजिङमा चिनियाँ अधिकारीहरुले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग हस्तान्तरण गरेको नेपाली दूतावासले जनाएको छ।

चीनले हस्तान्तरण गरेको सहयोग सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगेको छ।

कोभिड-१९ विरुद्धको लडाईंमा रहेको नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्दैछ। पहिलो चरणमा वायु सेवा निगमको विमानले मंगलवार दिउँसो २:३५ बजे नेपाल आइपुग्ने तालिका रहेको निगमले जनाएको छ।

पहिलो चरणमा मंगलवार चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल आइपुग्ने छ। ‘४०० अक्सिजन सिलिन्डर, १७३ कन्सेन्ट्रेटर्स् र १० भेन्टिलेटल आज आइपुग्दैछ,’ बेइजिङ दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले भने।

दक्षिण एसियाली मुलुकहरुका विदेशमन्त्री स्तरीय भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो।

त्यस्तै शुक्रबार मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपाललाई सहयोग पठाउनका लागि पहिलो चरणमा स्वास्थ्य समाग्री तयार रहेको जानकारी दिएका थिए। सोही अनुरुप स्वास्थ्य सामाग्री दूतावासलाई चीनले हस्तान्तरण गरेको हो।

You might also like

Comments are closed.