काठमाडौँ,मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।
सोमबारको तुलनामा बैशाख २८ गते तोलामा तीन सय रुपैयाँले सुनको भाउ बढेको हो । यस्तै चाँदीको चादीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।
सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको प्रतितोला भाउ ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजावी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर एक हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ।
साेमबार चाँदी प्रतिताेला एक हजार ३६० रूपैयाँ ताेकिएकाे थियाे ।
Comments are closed.