माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ, कार्वाहीको हतारो किन गर्नु र ? के जित्यौ ? : गोकुल बास्कोटा
काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताएका छन् ।
तत्काल कारबाही गर्न हतार गर्न नहुने उनको भनाई छ ।आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
माधव नेपाल पक्षधर २८ जना सांसद हिजो संसद्मा अनुपस्थित भएका थिए । पार्टीले सांसदहरुलाई ह्वीप लगाएको थियो ।
तर, नेपाल पक्षधर सांसदहरुले ह्वीप उल्लंघन गरेका थिए । यही सन्दर्भमा नेता बाँस्कोटाको यस्तो टिप्पणी आएको हो ।
उनले लेखेका छन् कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ।माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कार्वाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या!
Comments are closed.