Nepal's First Video FM

कोरोनाको कारण एमालेका प्रदेशसभा सांसद पशुपति चौलागाईंको निधन

353

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मंगलवार साँझ निधन भएको छ ।

कोरोना संक्रमण भएपछि उपचारका क्रममा बागमती प्रदेशसभा सदस्य चौलागाईंको मंगलबार साँझ निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो। तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो।

नेता चौलागाईं दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

युवा संघका पूर्व अध्यक्ष चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए। चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चल इन्चार्जसमेत थिए।

You might also like

Comments are closed.