Nepal's First Video FM

माधब नेपाल र भीम रावलको आश्वासन शेरबहादुर देउवालाई : केपी ओली लाई ढाल्न आवश्यक संख्या हामीसँग छ

331

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले सरकार गठनमा केपी ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्यामा सांसदको राजीनामा गराउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ ।

मंगलवार साँझ ८ बजेदेखि ९ बजेसम्म देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा एमाले नेता माधव नेपाल र भीम रावलले देउवालाई वैकल्पिक सरकार गठनको प्रक्रियामा अघि बढ्न ढाडस दिएका छन् ।

वार्तामा सहभागी स्रोतका अनुसार देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताएका थिए ।

उनले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने आशय व्यक्त गरेका छन् । नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसदको राजीनामा चाहिने हो आफूहरू त्यसका लागि तयार रहेको बताएका छन् ।

त्यसअघि नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन । नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईलगायतले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको बताएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा आउन – महन्थ ठाकुर लाई केपी ओलीको प्रस्ताव !

यो पनि

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् ।

त्यसको संकेत उनले हिजो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेबेला तटस्थ बसेर देखाईसकेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सल्लाहमै आफूलाई तटस्थमा उभ्याएको अड्कलबाजी भैरहेको छ ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान भैसकेको अवस्था छ । तर, बालुवाटार भने विपक्षी गठबन्धनको सरकार नबन्नेमा ढुक्क छ । जसपाको ठाकुर पक्षले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने भनेर सार्वजनिक रुपमै भनिसकेको छ ।

यही बीचमा आज प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको हो । जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारमा आउनको लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित सरकारमा ठाकुरलाई नै सहभागी हुन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ । ठाकुरले पनि सरकारमा नजाने भनेर ठ्याक्कै भनिसकेको छैनन् ।

तर, त्यसको लागि आफूहरुले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने उनको शर्त छ ।

You might also like

Comments are closed.