Nepal's First Video FM

सौताका रिसले पोइको नाक काटे झैं नगरौं : डा. बाबुराम भट्टराई

396

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको विज्ञप्ती निकालेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

यसै बीच विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति,साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।

You might also like

Comments are closed.