काठमाडौँ । अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको कोरोनाको कारण मंगलबार निधन भएको हो ।
उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको जानकारी प्राप्त छ । सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो ।
सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।
‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी श्वेता बैबाहिक जीवनमा बाँधिएपछि भने सक्रिय अभिनय जीवनबाट टाढा भएकी थिइन् ।
फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट मिलनप्रति श्रद्धाञ्जली अर्पण
Comments are closed.