काठमाडौं । लगातार केही समयदेखि बढिरहेको सुनको मूल्यमा भएको सुनको मूल्य बुधबार गिरावट आएको छ । बैशाख २९ गते सुन तोलामा ३०० रूपैयाँले घटेको हो ।
यसदिन छापावाला सुन प्रतितोला ९२ हजार रूपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँमा खरिदबिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ३०० रूपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको थियो ।
बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ प्रतितोला एक हजार ३४५ रूपैयाँ कायम भएको छ ।
Comments are closed.