Nepal's First Video FM

कोरोना संक्रमणबाट काभ्रेका ‘डन’ निमा लामाको निधन, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत थिए !

337

काठमान्डौ , कोरोना संक्रमणबाट काभ्रेका निमा लामाको निधन भएको छ । काभ्रेको भीरपोखरी गाउँपालिका-२ करमडाँडा घर भएका लामाको कोरोना संक्रमणबाट काभ्रेमा निधन भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई धम्की दि एर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुटेका थिए ।

लामा बानेश्वर, कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशुल्ने गर्थे । उ नी ०६२ सालमा ज्यान मा’र्ने उद्योगमा जेल परेका थिए । त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मिलन सापकोटाको कोरोनाका कराण निधन भएको छ ।

सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत थिए’ सापकोटाको नि’धन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।‘

मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ ।

तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हा’र्दिक स’मवेदना समेत प्रकट गरेका छन् ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।

You might also like

Comments are closed.