Nepal's First Video FM

हास्य कलाकार किरण केसी राता मकैको नेता लाई कटाक्षः आफ्नेा दिमाख पनी फेर,छिछिछि गन्धा राजनिती

322

काठमाडौं कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै जाँदा अक्सिजनको अभाव भएका कारण थप बिरामी भर्ना गर्न नसकिने निजी अस्पतालहरुको जिकिर छ। सबै छेत्र लाई बढो मुस्किल अवस्था छ ।

चर्चित हास्य कलाकार किरण केसी ‘राता मकै’ नेपाली हास्य विधामा चिनाइरहनुपर्ने नाम होइन । किरण जति राम्रो अभिनय गर्छन्, उनी नै राम्रो प्रहसन पनि गर्छन् ।

उनी अभिनय गर्छन् । गीत गाउछन् । सँगै समाजसेवा पनि गर्छन् । समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् ।

संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनी अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् ।

उनी कामचलाउ बनेपछि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नयाँ सरकार बनाउने रस्साकस्सीमा व्यस्त छन् ।

किरणले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री फेर्ने विषयमा नेताप्रति लक्षित गर्दै व्यंग्य लेखेका छन् ।

तपाई हरू प्रधान मन्त्री फेर्नुहेास | “तपाई हरू भनै मनलागेन “
तिमी हरू मन्त्री फेर, मुख्य मन्त्री फेर, सचिब फेर, राजदुत फेर, सम्बैधानीक अड;गका प्रमुख हरू फेर।
र साथ साथै आफ्नेा दिमाख पनी फेर । काम कुरा एकातीर कुम्लेा बेाकी ठीमितिर भन्या जस्तेा ।
“ जन्ता हरूलाई सास फेर्न गारेा भैसक्येा सास फेर्न “
छिछिछि गन्धा राजनिती “ सबैलाई चेतना भया !!!

उनले जनतालाई सास फेर्न गाह्रो भैसकेको उल्लेख गर्दै राजनीतिलाई ‘गन्धा राजनीति’को संज्ञा दिएका छन् ।

You might also like

Comments are closed.