Nepal's First Video FM

प्रदीप गिरीको खुलासा: नयाँ प्रधानमन्त्रीमा महन्थको पनि सम्भावना छ, बाबुरामलाई पनि ईन्कार नगर्नुहोस

551

काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप गिरीले नयाँ सरकार महन्थ ठाकुरको नेतृत्वमा पनि बन्न सक्ने सम्भावनालाई ईन्कार नगर्न भनेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अपमान गरेको र आफूहरुले टुलुटुलु हेरेको मात्रै स्मरण गराए ।

उनले शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रहरुले महत्वपूर्ण समय गुमाएको पनि टिप्पणी गरेका छन् । उनले अहिले को प्रधानमन्त्री बन्छ ? भनेर ठ्याक्कै भन्न नसकिने पनि सुनाए ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गर्दै यस्तो बताएका हुन् ।

You might also like

Comments are closed.