जसको मोबाइलमा पनि हरिबंशकै आवाज: अर्को जुनी खै कुन्नि …कसलाई थाहा छ र खै ..यही जुनीलाई कोरोनाबाट बचौं है…
काठमाडौं । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् ।
अर्को जुनी खै कुन्नि
कसलाई थाहा छ र खै
यही जुनीलाई कोरोनाबाट बचौं है…
तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल टेलिकमको रिंगब्याक टोनमा बज्न थालेको यो सन्देशमूलक गीत गायक-अभिनेता हरिवंश आचार्यले गाएका हुन्।
कोरोना महामारीको सन्दर्भमा एक हप्ताअघि यो सन्देशमूलक गीत गाएका थिए। दिनेश कुमार थपलियाको शब्द र दीपक शर्माको संगीतमा तयार भएको यो गीत महसञ्चारको युट्युब च्यानलबाट गत हप्ताको सोमबार अपलोड गरिएको हो।
‘कोरोनाको संकट दिनदिनै बढिरहेको छ। सचेतना जगाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ। त्यस्तैमा सरोज ओलीजीबाट यो गीत गाउने प्रस्ताव आयो,’ हरिवंशले भने, ‘स्वास्थ्य मन्त्रालयको पहलमा नेपाल टेलिकमबाट रिंगब्याक टोनमा गीत बज्दा खुसी लागेको छ।’
उनले यो सन्देश गीत देशभरका रेडियो/एफएम र स्वास्थ्य मन्त्रालयको पहुँच भएका माध्यमहरुमा प्रसारण गरिने तयारी भएकोले यसबाट मानिसमा कोरोनाबारे सचेतना बढाउन उपयोगी हुने विश्वास व्यक्त गरे।
दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो ।
जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् ।
टेलिकमसँगै एनसेलको मोबाइलमा पनि उक्त रिङब्याक टोन बज्ने जानकारी हरिवंशले दिए ।
दुईवर्षअघि मेलिना राई र सरोज वलीले गाएको ‘अर्को जुनी खै कुन्नी’को रिमेकको रुपमा हरिवंशले यो गीत गाएका हुन् ।
यो पनि ..
हास्य कलाकार किरण केसी राता मकैको नेता लाई कटाक्षः आफ्नेा दिमाख पनी फेर,छिछिछि गन्धा राजनिती
कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै जाँदा अक्सिजनको अभाव भएका कारण थप बिरामी भर्ना गर्न नसकिने निजी अस्पतालहरुको जिकिर छ। सबै छेत्र लाई बढो मुस्किल अवस्था छ ।
चर्चित हास्य कलाकार किरण केसी ‘राता मकै’ नेपाली हास्य विधामा चिनाइरहनुपर्ने नाम होइन । किरण जति राम्रो अभिनय गर्छन्, उनी नै राम्रो प्रहसन पनि गर्छन् ।
उनी अभिनय गर्छन् । गीत गाउछन् । सँगै समाजसेवा पनि गर्छन् । समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् ।
संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनी अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् ।
उनी कामचलाउ बनेपछि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नयाँ सरकार बनाउने रस्साकस्सीमा व्यस्त छन् ।
किरणले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री फेर्ने विषयमा नेताप्रति लक्षित गर्दै व्यंग्य लेखेका छन् ।
तपाई हरू प्रधान मन्त्री फेर्नुहेास | “तपाई हरू भनै मनलागेन “
तिमी हरू मन्त्री फेर, मुख्य मन्त्री फेर, सचिब फेर, राजदुत फेर, सम्बैधानीक अड;गका प्रमुख हरू फेर।
र साथ साथै आफ्नेा दिमाख पनी फेर । काम कुरा एकातीर कुम्लेा बेाकी ठीमितिर भन्या जस्तेा ।
“ जन्ता हरूलाई सास फेर्न गारेा भैसक्येा सास फेर्न “
छिछिछि गन्धा राजनिती “ सबैलाई चेतना भया !!!
उनले जनतालाई सास फेर्न गाह्रो भैसकेको उल्लेख गर्दै राजनीतिलाई ‘गन्धा राजनीति’को संज्ञा दिएका छन् ।
Comments are closed.