Nepal's First Video FM

माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम माथिको कारबाही फुकुवा

355

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।

एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

यसैगरी, वैशाख ७ गते नेपालसहित चार र थप २३ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । वैशाख १६ गते पनि तीनजना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।

आजको बैठकले नेपालसहित चार नेताको कारबाही फिर्ता गरेको हो । यसले उत्कर्षमा पुगेको एमाले विवाद समाधानको दिशातिर अघि बढेको बताइएको छ ।

You might also like

Comments are closed.