Nepal's First Video FM

सुनको भाउ आज फेरी एकै पटक घट्यो, यतिमा हुदै छ कारोबार ?

852

काठमाडौँ, गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.