काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता शुरू भएको छ ।
दुई नेताबीच व्यवसायी रामेश्वर थापाको घरमा भेटवार्ता भएको बताईएको छ । भेटवार्ता जारी छ ।
दुई नेताबीच पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भेटवार्ता भएको हो । यसअघि दुई नेताबीच फोनवार्ता भएको थियो ।
पार्टीलाई एकता बनाउनेबारे छलफल हुने नेताहरुले विहानै दाबी गरेका थिए । आज विहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि यसअघि गरिएको निलम्बनको कारबाही फुकुवा गरेको थियो । तस्विर :सूर्य थापा
Comments are closed.