काठमाण्डाै – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाकाे संवादकाे कुनै अर्थ नभएकाे बताउनुभएकाे छ ।
बिहीवार दिउँसाे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएकाे भेटप्रति नेत्री झाँक्रीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाकाे संवादको अर्थ छैन ।’
नेत्री झाँक्रीले नागरिक, लोकतन्त्र र संविधानकाे रक्षाका लागि विद्राेह मात्र आफूहरूकाे एकमात्र विकल्प भएकाे बताउनुभएकाे छ । ‘हाम्राे आत्मसमर्पणले कम्युनिस्ट आन्दाेलनकाे विसर्जन गर्छ, सचेत बनाैँ’, उहाँले भन्नुभएकाे छ ।
बिहीवार दिउँसाे केपी ओली र माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता भएकाे छ । यद्यपि याे भेटलाई लिएर धेरैजसाे नेताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
Comments are closed.