Nepal's First Video FM

चर्चित मोडल रश्मीले सुटुक्क विवाह गरेर – अमेरिका पुगेपछि विवाह भएकाे खुलासा!

447

काठमाडौं । लोकदोहोरी क्षेत्रकि चर्चित मोडल रश्मी तामाङले भरखर मात्र विवाह गरेकी छिन् ,विवाह गरे लगतै सुटुक्क अमेरिका उडिसकेकि छिन् ।

बैशाख १२ गते गोरखाका अनिल राना मगरसँग विवाह गरे पनि उनले विवाह गरेको कुरा उनि अमेरिका पुगिसकेपछि मात्रै खुलासा भएको हो ।

रश्मीले आफुभन्दा ५ वर्ष कान्छा अनिलसँग विवाह गरेकी हुन् । सबैजसोले विवाह गर्दा आफु भन्दा बढी उमेरको व्यक्तिसँग विवाह गर्न खोज्दा उनले भने कम उमेरका व्यक्ति राेजेकी छन् । किन भन्ने नेपाल प्रेसकाे प्नश्नमा उनले भनिन्, ‘यस्तो सोच भनेको नेपालमा मात्रै हो ।

यतातिर त्यस्तो केही पनि सोच हुदैन । मलाई पनि त्यस्तो केहि पनि लागेन । मलाई धेरै माया गर्ने मान्छे पाए, योग्य मान्छे पाए, यसैमा खुसी छु । उमेरले केहि पनि फरक पार्दैन ।’

अमेरिकाको क्लोराडोमा बस्दै आएकी रश्मी करिव ३ महिना अघि मात्र नेपाल आएकी थिइन् । उनले भनिन्, ‘नेपाल आउदाँ त्यस्तो विवाह नै गर्ने याेजना थिएन् ।

तर एकाएक विवाह गर्ने निर्णयमा पुगियो ।’ आफुले सामान्य तरिकाले हल्ला नगरेर विवाह गर्ने सोचेर गरेपनि अहिले भने जताततै हल्ला फैलिएको उनले बताइन् ।

उनले भनिन्, ‘मैले विवाह गरेको एक साता मात्र वितेको थियो । अन्तरािष्ट्रय उडान बन्द गर्ने सरकारले निर्णय गर्यो । धेरै लम्बिएला भनेर काम पनि भएकाले चाडै फर्किए ।’

आफुले आफ्नो विवाह भएको कुरा सार्वजनिक नगर्ने सोच राखेपनि एक जना साथीले गर्दा सार्वजनिक भएको उनले बताइन । ‘एक जना साथीले खै तिम्रो विहेको फोटो भनेर माग्नुभयो । अनि फेसबुकमा हालेर बधाइ दिनुभएछ । त्यसपछि त जताततै फैलिहाल्यो ।’ उनले भनिन् ।

उनले विवाह गरेको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाइको ओइरो नै लागेको छ । किन विवाह सुटुक्क गर्नुभएको भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कोरोनाको महामारी भएकाले हामीले मगर
परिवारको सस्कृति अनुसार नै विवाह गर्यौ ।

अवस्था त्यस्तै भएकाले सुटुक्क गरेको हो । अब अवस्था सामान्य भयो भने नेपाल फर्किएर साथीभाइलाई पार्टी दिनेछु ।’

केहि समय अघि लोकदोहोरी गितको म्यूजिक भिडियोमा उनले राज गर्दै आएकी थिइन् । तर, पछिल्लो समय अमेरिकमा रहेकाले उनका म्यूजिक भिडियो बजारमा आउन बन्द हुन थालेको छ ।

आफु पछिल्लो समय बाहिर पनि बसेको र बिस्तारै मोडलिङ क्षेत्रबाट बाहिरिने सोचमा रहेको उनले बताइन ।

किन भन्ने प्रश्नमा उनले भनिन्, ‘यो मोडलिङ गर्ने समय भनेको धेरै होइन, १५–१६ वर्षदेखि त्यहि बढीमा ३० वर्षसम्म हो । मैले त्यो उमेर पुरा गरीसके । अब मेरो त्यसमा भविष्य छैन । त्यसैले त्यता झुण्डिएर मैले समय बर्वाद गर्नुहुदैन भन्ने लागेको छ ।

लोक तथा दाेहाेरी गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् भने र तामाङ भाषाका गित र चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

You might also like

Comments are closed.